Breaking News

डीआईजीहरुलाई गृहमन्त्रीकाे निर्देशन

काठमाण्डाै, ८ साउन । गृहमन्त्री जनार्दन शर्माले संगठन सुधारका लागि तीनवटा बुँदामा सुझाव दिन प्रहरीका डीआईजीहरुलाई निर्देशन दिएका छन् ।

आईतबार गृहमन्त्रालयमा सबै डीआईजीलाइ बोलाएर गृहमन्त्री शर्माले यस्तो निर्देशन दिएका हुन् । कार्यसम्पादन मूल्यांकन , वृद्धि विकास र सरुवा क्यालेन्डर सम्बन्धमा लिखित रुपमा योजना बुझाउन गृहमन्त्रीले निर्देशन दिएका थियो ।

त्यस्तै संघीय प्रहरीको सम्बन्धमा केन्द्रको संरचनाका साथै संघिय संरचनामा कस्तो हुन सक्छ भने बिषयमा पनि लिखित राय दिन पनि गृहमन्त्रीले निर्देशन दिएका थियो ।

shares