August 20, 2017

इन्टरनेशनल च्याम्पियन्स् कपमा रियल मड्रिड र म्यान्चेष्टर युनाईटेड भिडदैँ

काठमाण्डाै, ८ साउन । इन्टरनेशनल च्याम्पियन्स् कपमा आज राती रियल मड्रिड र म्यान्चेष्टर युनाईटेड भिडदै छन् ।

नेपाली समय अनुसार राती २ बजेर ५० मिनेटमा रियल र युनाईटेडबीच प्रतिस्पर्धा हुन लागेको हो । यि दुईबीचको खेल अमेरिकाको लिभाईस् स्टेडियममा हुनेछ । जारी प्रतियोगितामा रियलको यो पहिलो खेल हो ।

म्यान्चेष्टर युनाईटेडले भने यसअघि भएको खेलमा शहरी प्रतिस्पर्धी म्यान्चेष्टर सिटीलाई दुई – शुन्य गोल अन्तरले पराजित गरेको थियो ।