Breaking News

भरतपुर प्रकरणको मुद्दामा आज सुनुवाई हुदै

काठमाण्डौ, ८ साउन । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुन मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतमा अाज सुनुवाई हुँदैछ ।

ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा परेको यो रिटमा ६ दिनअघि हेर्दा हेर्दैमा राखिएको थियो ।  मतगणनाका क्रममा नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले १९ नम्बर वडामा पुन मतदान गराउने निर्णय गरेको थियो ।

आयोगको त्यो निर्णय कार्यान्वयन नगर्न माग गर्दै रिटमा गत सोमबार मुद्दा दायर गर्नेका तर्फबाट अधिवक्ता टिकाराम भट्टराईले मात्र बहस गर्नुभएको छ । अाज अरु कानून व्यवसायीले बहस गर्ने र सबैको बहस सकिएमा फैसला हुने छ ।

 

shares