September 26, 2017

रुस मामिलामा अाफ्ना परिवारका सदस्यहरुलाई माफी दिन सकिने ट्रम्पकाे भनार्इ

काठमाडाै, ८ साउन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो पदीय हैसियत प्रयोग गरी माफी दिने सकिने अधिकार रहेको बताएका छन् ।

चुनावी अभियानका क्रममा रुससँग साँठगाँठ गरेको प्रमाणित भए उनले आफ्ना परिवारका सदस्य, सहयोगी र स्वयं आफूलाई माफी दिने तयारी गरेका छन् । अमेरिकी अधिकारीहरुले ट्रम्प समूह र रुसबीचको सम्भावित साँठगाँठबारे अनुसन्धान गरिरहेका छन् । गुप्तचर निकायहरुले रुसले ट्रम्पलाई राष्ट्रपतिकाे चुनावमा सहयोग गरेको अाशंका गरेकाे छन् ।

रुसले चुनावमा हस्तक्षेप गरेको भन्ने आरोपहरु अस्वीकार गर्ने गरेको छ र राष्ट्रपति ट्रम्पले पनि कुनै साँठगाँठ नरहेको प्रष्टीकरण दिदैँ आएका छन् । तर बिहीबार ‘द वाशिङटन पोष्ट’ अखबारले राष्ट्रपति ट्रम्प र उनको समूहले आफू निकटका व्यक्तिहरुलाई कसरी माफी दिने भन्ने उपाय खोजिरहेको खबर प्रकाशित गरेको थियो।

अमेरिकीमा अपराध प्रमाणित हुनुअघि वा कुनै फौजदारी अभियोग लगाइनुअघि राष्ट्रपतिले माफी दिनसक्ने व्यवस्था छ । ती विवरणहरु प्रति चिन्ता जनाउँदै डेमोक्रयाट सिनेटर मार्क वार्नरले ‘दोषीलाई माफी दिने निर्णयले लक्ष्मण रेखा उल्लंघन गर्ने’ जनाएका छन्।

‘द वाशिङटन पोष्ट’ले महान्यायाधिवक्ता जेफ सेसन्सले अमेरिकाका लागि रुसी राजदूत सर्गेइ किस्ल्याकसँग भेटघाट गरेको र त्यसक्रममा सेसन्सले चुनावका मुख्य मुद्दाहरु र ट्रम्प प्रशासनको रुस नीतिका बारेमा छलफल गरेको गुप्तचर निकायहरुलाई उदृत गर्दै विवरणहरु छापेको थियो