संसद्को अवरोध हट्यो

काठमाडौँ, १४ वैशाख  । सरकारले प्रदेश २ र ५ का ११ जिल्लामा स्थानीय तहमा इकाई थप गर्ने परिपत्र फिर्ता गर्ने प्रतिबद्धता जनाएपछि व्यवस्थापिका संसद्को अवरोध हटेको  छ ।

अवरोध हटेसँगै संसद्मा पेस भएको संविधान संशोधन विधेयकमा सैद्धान्तिक छलफल सुरु भएको छ । विधेयकमा बुधबार नै सैद्धान्तिक छलफल भई संशोधन दर्ताका लागि अनुमोदन भएको छ । पहिलो बैठकमा आवश्यक गणपूरक सङ्ख्या नपुगेपछि राति १० बजेका लागि तोकिएको दोस्रो बैठकले संशोधन अनुमोदन गरेको हो ।
यसअघि मङ्गलबार र बुधबारका दुई बैठक प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगित भएका थिए । विधेयकमा संशोधन दर्ताका लागि सांसदहरूले तीन दिनको समय पाउनेछन् । यो खबर गोरखापत्रमा छ ।