September 25, 2017

संविधान संशाेधन नभएपनि राजपा चुनावमा अाउनु पर्छ : प्रभु साह

काठमाडौं, ७ साउन । सहरी विकासमन्त्री प्रभु साहले संविधान संशोधन प्रस्ताव पारित भएपनि वा नभएपनि राजपा निर्वाचनमा सहभागी हुनुपर्ने बताएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री साहले दलहरुवीचको द्वन्द्व अन्त्य गर्नु आजको आवश्यकत्ता भएकोले सकारले संविधान संशोधनको लागि ईमानदार प्रयास गरिरहेको जनाए । उनले भने,‘संविधान संशोधन गर्नुपर्छ, मधेशको समस्या हल गर्न हामी गम्भिर छौं।’
मन्त्री साहले अहिले संविधान संशोधन गर्नै हुँदैन भन्ने र संविधान मान्दै मान्दैनौं जलाउँछौं भन्नेहरु एक ठाउँमा बसेर कुराकानी भैरहेको र नजिक आएकोले संविधान संशोधन हुनेमा आफू विश्वस्त रहेको बताए । उनले प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुने समेत स्पष्ट पारे ।
राजपाले संशोधन नभएसम्म चुनाव हुन दिदैनौं भनेर चेतावनी दिईरहेको छ नि यस्तो अवस्थामा चुनाव हुन्छ त भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले भने,‘चुनाव त हुन्छ, उहाँहरुले विरोध गरेपनि चुनाव हुन्छ, तर जबरजस्ती चुनाव गर्नुहुँदैन, यसअघिको निर्वाचनमा पनि विरोध भएकै हुन्, तर सोचेको भन्दा राम्रो भोट खसेको थियो।’