August 19, 2017

पुरुष स्वास्थ्यका लागि केही टिप्सहरु

काठमाण्डौ, १३ वैशाख । आधुनिक जीवननशैलीले गर्दा पुरुषहरुको स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको छ । यस्तो अवस्थामा पुरुषहरुले आफ्नो स्वास्थ्यको बारेमा सजग भइहाल्नुपर्छ ।

सर्वप्रथम त आफ्नो खानपान र दैनिकीमा ध्यान दिनुपर्छ । कतै तपाईले खानापनमा हेलचक्र्याई त गरिराख्नु भएको छैन । यदि तपाई बेलैमा आफ्नो स्वास्थ्यलाई लिएर जागरुक हुनुहुन्न भने ठूलै समस्याको सामना गर्नुपर्ने हुनसक्छ । हामी तपाईहरलाई यस्तो टिप्स बताउन गइरहेको छौं, जुन पुरुष स्वास्थ्यको लागि उपयोगि हुन सक्छ ।

१. जंक फुुडबाट टाढै बस्नु राम्रो–

धेरै जंक फुडको प्रयोगले शुक्रकिटको गुणमा पनि कमि आउने गर्दछ, जुन प्रजननको लागि अति आवश्यक मानिन्छ । तसर्थ यस्ता सामग्रीको प्रयोगबाट टाढै रहनु राम्रो हुन्छ ।

२. सोडा, कफि, रातो मासु आदिको कम प्रयोग–

यस्ता वस्तुको सेवन धेरै मात्रामा गर्नुहुँदैन । अर्थात् यसलाई हाम्रो नियमित जीवनमा प्रवेश गर्न दिनुहुँदैन । यसका अलावा चिप्स पनि स्वास्थ्यका लागि खराब मानिन्छ । साथै खानामा प्रयोग गरिने तेल उच्च कोटिको हुनु उत्तिकै जरुरी हुन्छ ।

३. मोटोपनाले पुरुषको यौन क्षमतामा असर गर्छ–

तपाईले मोटोपनालाई पनि सधैका लति बिदाई गर्नुपर्ने हुन्छ । यसको असर यौन जीवनमा पनि पर्ने भएकोले व्यायाम गर्नका लागि दौडने समय छैन भने सिँढिमा तलमाथि गर्नु उत्तम विकल्प हुन सक्छ ।

४. बिहान नास्ता गर्नु जरुरी–

बिहान समयमा नै उठ्ने र समयमै सुत्ने मानिस अरुको तुलनामा धेरै स्वस्थ हुन्छ । यसका लागि बिहान समयमा नै उठेर हलुका नास्ता गर्ने बानीले तपाईलाई सन्तुलित बनाइराख्छ ।

५. ल्यापटप तिघ्रामा राखेर नचलाउने–

अहिले यो सबै पुरुषको बानी भइसकोको छ कि तिघ्रामा राखेर ल्यापटप चलाउने तर यो एकदम खराब बानी हो । यसले पुरुषको यौन क्षमतामा सिधै असर गर्दछ र नपुंसकताको खतरा पनि रहन्छ ।