November 18, 2017

मेघा बैकले सातवटै प्रदेशमा केन्द्रिय कार्यालय खाेल्ने

काठमाण्डाै, ७  साउन । मेगा बैंकले संघीय संरचना अनुसार सातवटै प्रदेशमा प्रदेश केन्द्रिय कार्यालय स्थापना गर्ने जनाएको छ ।
बैंकको आठौं बार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा यसको सुरुवात प्रदेश नं. ५ बाट भइसकेको जानकारी दिएको छ ।

बैंकले टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर प्रक्रिया जारी रहेको जानकारी दिँदै मर्जरपछि नेपालको सबैभन्दा बढी पूँजी भएको बैंकभित्र पर्ने जनाएको छ ।

कार्यक्रममा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले आगामी आर्थिक बर्ष २० वटा शाखा खोल्ने जानकारी दिए ।
स्थानीय तहको चुनावले धेरै आर्थिक ढोका खुलेको बताँउदै गाँउपालिका र नगरपालिकामा शाखा बिस्तार गरिने उनले बताए ।

शेयरधनीलाई ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रक्रिया अगाडि बढिसकेको जानकारी दिँदै बैंकले छिट्टै प्रतिशेयर एक सय रुपैँयाका दरले २ अर्व ९७ करोड ८५ लाख ३ हजार ४ सय ३३ रुपैयाँ बराबरको २ करोड ९७ लाख ८५ हजार ३४.३३ कित्ता शेयर शेयरधनीहरुलाई निष्काशन गर्न लागेको जानकारि दिएको छ ।