स्थानिय चुनावमा हार्नुकाे कारण ‘अन्तर्घात’ : रामचन्द्र पौडेल

काठमाण्डाै, ७  साउन ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले  अन्तरघाती कार्यकर्ताका कारण स्थानिय निर्वाचनमा पार्टी पहिलो हुन नसकेकाे बताएका छन ।

शनिबार देखि जारी केन्द्रिय कार्य समितिकाे बैठकमा नेता पौडेलले  पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षित परिणाम ल्याउन नसक्नुको मुख्य कारण अन्तर्घात भएकाे बताए ।

बैठकमा बोल्ने अधिकांश नेताहरुले पछिल्ला दुई चरणका स्थानीय निर्वाचनमा पार्टी पहिलो हुन नसकेकोमा चिन्ता प्रकट गरे । उनीहरुले पार्टी नेतृत्व पंक्तीबाट पनि गल्ती भएको र कार्यकर्ता तहमा पनि अन्तर्घातको प्रवृत्ती देखिएको औंल्याए ।

बैठकमा सदस्यहरुले लोकतन्त्रमा यसअघि पनि कांग्रेस आफूले हारेर लोकतन्त्रलाई जिताएको प्रसङ्ग ल्याउँदै पार्टीले जित्ने अवस्था सृजना गर्न नेताहरु एक हुनु पर्ने र कार्यकर्ताको बनोवल उच्च पार्ने कार्यक्रमहरु ल्याउनु पर्ने बताएका छन्।