September 21, 2017

स्थानिय तहबाट देशमा विकासको ढोका खुलेकाे अर्थमन्त्रीकाे भनाई

काठमाण्डाै, ७  साउन ।  अर्थमन्त्री ज्ञानेन्द्र वहादुर कार्कीले मुलुक विकासको बाटोमा अघि बढेको बताएका छन  ।
भोजपुरबासीले स्थापना गरेको दावाँली मिलन केन्द्रले शनिबार काठमाडौमा गरेको कार्यक्रममा उनले सरकारले मुलुकको सबै क्षेत्रमा विकासको लहर चलाएको दाबी गरे ।

अर्थमन्त्री कार्कीले स्थानीय तहबाटै पनि विकासको ढोका खोलेको धारणा राख्दै  धनकुटा भोजपुर सडकको स्तरनोन्नती गर्दे तराईसंग जिल्ला जोड्ने संरचना निर्माण गर्ने जानकारी दिए ।
कार्यक्रममा क्लवका सदस्यका माध्यामिक शिक्षा परिक्षा उतिर्ण गरेका छोराछोरीलाई सम्मान गरिएको थियो ।