संविधान संशोधन नभए चुनावमा सहभागि भइन्न : महेन्द्र राय यादव

काठमाण्डाै, ७  साउन ।  राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले संबिधान संसोधनको मुद्धा अघि नबढे आफुहरु निर्वाचनमा सहभागी नहुने बताएका छन ।
मधेशका सवालका बिषयमा शनिबार काठमाडौमा आयोजना गरिएको एक कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दे उहाले संसोधनको मुद्धा प्रमुख भएको धारणा राखे । उनले सरकारले आफुहरुको माग पुरा गर्ने आश्वासन बिगतदेखि दिएपनि पुरा गर्न नसकेको बताए । उनले केहि दलले नै नियोजित रुपमा आफुहरुलाई निर्वाचनमा जानबाट रोक्ने प्रयत्न गरेको आरोप समेत लगाए ।
संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समिति र मधेश राष्ट्रिय मुक्ति मोर्चाले आयोजना गरेको कार्यक्रममा सहभागी मधेशकेन्द्रित दलका नेताहरुले मधेशी जनताको अधिकारको रक्षा अझैपनि हुन नसकेको धारणा राखेका थिए ।