August 20, 2017

अक्षयले भने, ‘अवार्ड फिर्ता लिन चाहे लिए हुन्छ’

काठमाण्डौ, १३ वैशाख । फिल्म ‘रुस्तम’ बाट नेशनल अवार्ड जितेका अभिनेता अक्षय कुमारले मुम्बईमा आयोजित एक कार्यक्रममा भने, ‘मेरो अवार्ड फिर्ता लिन चाहे लिए हुन्छ ।’

अक्षयको यो अवार्डलाई लिएर विवाद सिर्जना भएको थियो र धेरैले अक्षय कुमार उक्त अवार्डका लगि हकदार नभएको विचार व्यक्त गरेका थिए । सामाजिक सञ्जालमा यो विषयलाई लिएर मानिसहरुले अक्षय कुमार भाजपाको नजिक भएर अवार्ड पाएको बताएका थिए ।

अक्षयले पहिलो पटक यो विषयमा खुलेर भने, ‘मैले २५ वर्षदेखि देखिरहेको छु कि, जब कसैलाई अवार्ड हात पर्छ तब केही न केही विवाद सुरु हुन्छ । मलाई २६ वर्षपछि यो अवार्ड मिलेको छ, यदि यो पनि चाहिन्छ भने लिए हुन्छ ।’