September 25, 2017

राष्ट्रिय परिचयपत्रको नमुनामा देशको नाम नै गलत

काठमाण्डौ, ७ साउन । सबै नागरिकको एकीकृत विवरण र पहिचानका लागि प्रस्तावित राष्ट्रिय परिचयपत्रको नमुनामा सरकारले आफ्नो देशको नामसमेत गलत उल्लेख गरेको पाइएको छ ।

परिचयपत्रको नमुनामा नेपालीमा नेपालको नाम उल्लेख नभएको र आमाको पहिचान नगरिएकामा उल्लेख नगरिएकाे भन्दै आपत्ति जनाउँदै एमाले सांसदहरुको टोलीले शुक्रबार गृहमन्त्री जनार्दन शर्माको ध्यानार्षण गराएका छन् ।  शान्ता मानवी, पेम्बा लामा, सुशीला नेपालसहितको सांसदले बुझाएको ध्यानाकर्षणपत्रमा राष्ट्रिय परिचयपत्रमा नेपाली भाषामा नेपालको नाम उल्लेख गर्न माग गरिएको छ ।

गृह मन्त्रालयले तयार गरेको राष्ट्रिय परिचयपत्रको नमुनाको सबभन्दा माथि फेडेरल रिपब्लिक अफ नेपाल नेशनल आइडन्टी कार्ड लेखिएको छ । संविधान अनुसार देशको राजनीतिक प्रणाली संघीय लोकतान्त्रिक गणतन्त्र हो । संविधानसभाले जारी गरेको नेपालको संविधानमा कतै पनि नेपाल राष्ट्रलाई अन्य कुनै विशेषण दिइएको छैन ।

संविधानको भाग १ धारा ३ मा राष्ट्र र धारा ४ मा नेपाल राज्यको परिभाषा उल्लेख छ। नेशनल आइडन्टी कार्डलाई अब्लिक गरी राष्ट्रिय परिचयपत्र उल्लेख गरिएको नमुनामा कतै पनि नेपालको नाम नेपाली भाषामा उल्लेख छैन । याे खबर कान्तिपुर दैनिकमा छ ।