September 26, 2017

झापामा एक पुरुष मृत अवस्थामा भेटिए

पंकज शर्मा / झापा, ६ साउन। नेपाल भारतको सिमा पर्ने झापाको भद्रपुर स्थित मेची नदी किनारमा एक पुरुष मृत अवस्थामा शुक्रवार दिउसो फेला परेका छन ।

भद्रपुर नगरपालिका ३ महेशपुर र भारतको किशनगञ्ज जिल्ला पर्ने निम्बुगढी गाउको मेची नदी किनार शव फेला परेको भारतीय प्रहरीले जनाएको छ । अन्दाजी ४० बर्षिय पुरुषको शव पानीमा तैरिरहेको अवस्थामा भारतीय एसएसबीले फेला पारेको थियो । मतृकको पहिचान भने खुलेको छैन ।

टि–सर्ट र कालो हाफ पेन्ट जस्तो लगाएको शवको सनाखत हुन नसकेपछि भारतीय प्रहरीले नेपालका प्रहरीलाई समेत खबर गरेका छन् ।भारतीय प्रहरीले नेपाल–भारतको सिमा क्षेत्रका गाँउबासीलाई पनि जानकारी गराइसकेको बताइएको छ । गलगलिया थानाध्यक्ष अरविद कुमार अनुसार केही दिनअघि नदीमा डुबेकोले नेपालबाटै बगेर आएको हुन सक्ने अनुमान गरेका छन् ।

यता वडा प्रहरी कार्यालय भद्रपुरले पनि शवको सनाखतका लागि प्रचारप्रसार गरिरहेको जनाएको छ । तीनदिन अघि मात्र भारतको गलगलियाको चिया बगानमा भद्रपुर ९ बस्ने यमुना नेपाल मृत अवस्थामा फेला परेको थियो । उनको घटना पनि रहस्यमय बनेको अवस्थामा फेरी नदीमा शव फेला परेको घटना बाहिर आएको छ ।