September 23, 2017

कांग्रेसकाे २ नम्बर प्रदेशमा पहिलाे हुने गरी तयारी थाल्दै

काठमाण्डाै, ६ साउन । नेपाली कांग्रेसले दुई नम्बर प्रदेशमा पार्टीलाई पहिलो बनाउने गरि जनतमाझ जाने निर्णय गरेको छ ।

पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचनमा दोस्रो स्थानमा खुम्चिए पछि कांग्रेसले तेस्रो चरणको निर्वाचनमा पार्टीलाई पहिलो बनाउने गरि जनतामाझ जाने निर्णय गरेको हो । आगामी निर्वाचन आफ्नो पक्षमा  पार्नका लागि आयोजना गरिएको कांग्रेसको प्रदेश नं २ को भेलाले अघिल्लो दूई चरणमा पराजित हुनुको कारणको समिक्षा गरेको छ ।

शुक्रबार भेलाको समापन कार्यक्रममा पार्टी सभापति शेर वहादुर देउवाले पार्टीलाई निर्वाचनमा पराजित गराउन लाग्ने पार्टी कै नेता तथा कार्यकर्तालाई कडा कारवाही गर्ने चेतावनी दिए । उहाले चूनावमा सोचेजस्तो परिणाम नआउनु दुर्भाग्य भएको भन्दै यसको निष्पक्ष छानविन हुने समेत बताए । उनले दुई नंवर प्रदेशमा एक भएर लाग्न निर्देशन समेत दिए ।

भेलामा प्रदेश नं २ का केन्द्रीय सदस्य, जिल्ला सभापति, सांसद, पूर्वसांसद, जिल्ला सभापतिका निकटतम प्रतिस्पर्धी, क्षेत्रीय सभापति र संविधानसभा सदस्य निर्वाचन २०७० का प्रत्यक्षतर्फका उम्मेदवारका प्रत्यासी समेतको सहभागीता रहेको थियो ।