September 25, 2017

पूर्व राजा ज्ञानेन्द्र शाह अस्पतालबाट डिस्चार्ज

काठमाण्डौ,६ साउन । उपचारार्थ काठमाण्डौकाे नर्भिक अस्पताल भर्ना भएका  पुर्वराजा ज्ञानेन्द्र शाह आज डिस्चार्ज भएका छन । मुटुसम्बन्धी समस्याका अाएपछि उनी नर्भिक   अस्पताल भर्ना भएका थिए ।

श्रावण ४ गते नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना गरी कोरोनरी एन्जियोग्राम गर्दा मुटुको एउटा नसामा अवरुद्ध देखिएको हुँदा सफलतापूर्वक एन्जियोप्लाष्टी गरिएको थियो ।

अस्पतालका मुटुरोग विशेषज्ञ डा. यादव भट्ट र पारिवारिक चिकित्सक डा. किशोरजङ्ग राणाको सल्लाहअनुसार स्वास्थ्यमा सन्तोषजनक सुधार भएपछि डिस्चार्ज हुनुभएकाे बताइएकाे छ।