September 26, 2017

मेलमिलापकाे नीतिबाटै समस्याकाे समाधान खाेज्न पूर्व राष्ट्रपतिको सुझाव

काठमाण्डौ ६ साउन । पूर्वराष्ट्रपति डा. रामवरण यादवले विपी कोइरालाले लिएको राष्ट्रिय मेलमिलापको नीति अहिलेको समयमा पनि उत्तिकै सान्दर्भिक भएको बताएका छन ।
विपी कोएरालाको ३५ औं स्मृति दिवसमा शुक्रबार काठमाडौमा अायाेजित कार्यक्रममा पूर्व राष्ट्रपति डा. यादवले मेलमिलापको नीतिबाटै सबै समस्याको समाधान हुने बताए । अहिलेका राजनीतिक दलहरु मेलमिलापबाट टाढा हुन खोजेको भन्दै उनले विपीको मेलमिलापको नीतिबाट अगाडि बढ्न सुझाव दिए ।

डा. यादवले हिमाल, पहाड र तराईका समस्या समाधान गर्न सबै राजनीतिक दल एक हनुको विकल्प नभएकाले दलीय एकता कायम रहे मेलमिलापको नीतिले सार्थकता पाउने धारणा व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री तथा विपी पुत्र डा. शंशाक कोइराला , काग्रेस नेता एवं अर्थमन्त्री ज्ञानेन्द्र वहादुर कार्कीले विपीको सिद्धान्त आत्मसात गर्न नसकेका कारण मुलकका समस्या समाधान हुन नसकेको बताए ।
कार्यक्रमा पुरुषोत्तम बस्नेतद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको इतिहासको प्रारुप’ विमोचन गरिएको थियो ।