Breaking News

कांग्रेस, माओवादी र राजपाले मधेसी जनताकाे भावनामा ठेस पुर्याएको माधव नेपालकाे भनाई

प्रविण टिबडेवाल / रौतहट ६ साउन । कांग्रेस र माओवादीले  प्रदेश नं २ का जनतालाई जनप्रतिनिधि विहिन बनाएको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आरोप लगाएका छन ।
गौरमा संचारकर्मीहरु संग कुरा गर्दै  नेता नेपालले कांग्रेस र माओवादीले, राजपाको लहलहिमा लागेर मधेसी जनताको भावनामा ठेस पुर्याएको बताए ।

सरकार राजपाको नाममा मधेसी जनताहरुलाई जनप्रतिनीधि बिहिन बनाउने पडयन्त्रमा लागेकाे नेपालले अारोप लगाए ।  तेश्रो चरणमा हुने २ नम्बर प्रदेशको निर्वाचनमा पनि  एमाले पार्टी पहिलो स्थानमा रहने नेता नेपालले दावी गरे ।

shares