Breaking News

भालुवाङ्गमा स्कुटर दुर्घटनाहुदा दुई जनाको मृत्युु

दाङ , ६ साउन ।  स्कूटर दुर्घटना हुदा दाङमा २ जनाकाे मृत्यू भएकाे छ ।  राप्ती गाउँपालीकाकाे भालुवाङ्गमा स्कुटर दुर्घटना हुदा दुई जनाको मृत्यू भएको  प्रहरीले जनाएकाे छ ।

लु ३२ प ९४८ नम्वरको स्कुटर दुर्घटना भएको अवस्थामा भेटिएको र घटना स्थलमा दुई जना पुरुषको शव  फेला परेकाे ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख रविन्द्र बहादुर खड्काले जानकारी दिए । प्रहरीले मृतकहरुको पहिचान पत्ता लगाउने कोशिस गरिरहेकाे छ ।

यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ मा मोटरसाईकलको ठक्करवाट एकजना महिलाको मृत्यु भएको छ । मोटरसाईकलको ठक्करवाट गम्भिर घाइते भएकी साविक फूलवारी ६ बखरीया निवासी ३० बर्षीया जानकी चौधरीको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी लोकनाथ तिम्सिनाले बताए ।

shares