October 22, 2017

मन्त्रीपरिषद्को बैठकले केही जिल्लाका सीमांकन हेरफेर गर्‍यो

काठमाण्डौ, १३ वैशाख । सिंहदरबारमा बुधबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले केही जिल्लाको सीमाङ्कन हेरफेर गरेको छ ।

सरकारले रुकुम र नवलपरासीका केही स्थानको सीमाङ्कनमा हेरफेर गरेको हो । बैठकले रुकुमको ११ गाविस र सिस्ने उत्तरगंगा गाविसलाई मिलाएर ५ नम्बर प्रदेशमा राख्ने र रुकुमका बाँकि गाविसलाई ६ नम्बरमा राख्ने निर्णय गरेको छ ।

त्यस्तै नवलपरासीको त्रिवेणी गाविसको ६ र ७ नम्बरलाई विनयी गाविसमा मिलाउँदै ४ नम्बर प्रदेशमा राख्ने निर्णय गरिएको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए ।