Breaking News

+२ को नयाँ नियम, छोटा स्कर्ट र बाइक बन्देज, जरिवाना र सजायको नयाँ व्यवस्था

काठमाण्डाै, ६ साउन । भन्नलाई स्टुडेन्ट लाइफ इज गोल्डेन लाइफ भनिन्छ । एसईई उत्तिर्ण गरिपछि धेरै विद्यार्थीको चाहना स्वतन्त्रतामा रमाउने हुन्छ ।

कक्षा ११ र १२ को अध्ययन समयलाई कलेज लाइफ भन्ने गरिन्छ । तर अब विद्यार्थीलाई स्वतन्त्रताका लागि सरकारले बन्देज लगाउने तयारी गरेको छ। हाल मन्त्रिपरिषदमा छलफलका लागि प्रस्तुत गरिएको प्रचलित शिक्षा ऐनको आठौं संशोधनले यस्तो बन्देज को व्यवस्था गर्न लागेको हो ।

उक्त संशोधित ऐन र नियमावली जारी भएपछि हरेक +२ ले अनिवार्य रूपमा  आचारसंहिता लागू गर्नैपर्छ। नयाँ नियमावलीमा कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीका लागि मोबाइल र बाइकमा बन्देज लागइएको छ । त्यसबाहेक कलेज ड्रेसमा बाइक चलाउन पनि रोक लगाइएको छ । नियम पालना नगरे ५ हजार जरिवाना र जफतसम्मको व्यवस्था हुनेछ ।

आइपड र ल्यापटप विद्यालयको स्वीकृति लिएर मात्र चलाउन पाइन्छ । यस्तै छात्राहरूका लागि छोटा स्कर्ट लगाउनेलाई पनि कारबाही हुनेछ । स्कर्ट लगाउँदा घुँडाभन्दा कम्तिमा दुई इन्च तल हुनुपर्नेछ । यसको उल्लंघन गरे कलेजबाट निस्कासन गरिनेछ ।

यस्तै विद्यालय पोसाकमा कुनै नपि सिनेमा हल, पार्क, सपिङ मल, होटल आदि स्थानमा गएको पाइए सरोकारवालाले प्रहरीलाई जिम्मा लगाइ कारबाही गर्ने व्यवस्था छ । यस्तै कलेज बंक गरे २ हजार रूपैयाँदेखि बोर्ड परीक्षासमेत दिन नपाउने गरी निष्कासन गरिनेछ।चुज पाइन्ट लगाउन पाइनेछैन । याे खबर कान्तिपुर साप्ताहिमा छ ।

shares