October 24, 2017

आइपिएल अन्तर्गत आजको खेलमा पुने र कोलकात्ता भिड्दै

काठमाण्डौ, १३ वैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आजको खेलमा रोयल पुने सुपरजाइन्टस् र कोलकात्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

पुनेको महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियममा हुने ३० औं खेलका लागि पुने र कोलकात्ता आमनेसामने हुने भएका हुन् ।

गौतम गम्भिरको कप्तानीमा रहेको कोलकात्ताको ७ खेलबाट १० अङ्क छ भने स्टिभ स्मिथको कप्तानीमा रहेको पुनेले ७ खेलबाट ८ अङ्क बटुलेको छ ।