September 25, 2017

१९ वर्षमुनिको विश्वकप छनौटमा नेपाल र अफगानिस्तान भिड्दै

काठमाण्डौ, ५ साउन । १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौट अन्तर्गत नेपालले अहिले प्रतियोगिताकै बलियो टिम अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

सिंगापुरको पादाङस्थित सिंगापुर क्रिकेट क्लवमा टस जितेर नेपालले फिल्डिङ गरिरहेको छ । अहिलेसम्म अफगानिस्तानले ३२ ओभरमा ४ विकेट गुमाएर १ सय ३५ रन बनाएको छ । विश्वकपमा स्थान बनाउन नेपालले यो खेल पनि जित्नै पर्ने छ । नेपालले यसअघि मलेसिया र सिंगापुरलाई हराएको थियो  भने अफगानिस्ताले पनि आफ्ना दुईवटै खेल जितेको छ ।

बलिङमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै आएपनि यसअघिका खेलमा ब्याटिङमा निकै समस्या देखिएकोले आफगानस्तानविरुद्ध सम्हालिएर खेल्ने प्रशिक्षक जगत टमाटाले बताएका छन् । डवल राउन्ड रोविनका आधारमा हुने खेलमा शीर्ष स्थानमा रहने टोलीले न्युजिल्याण्डमा हुने १९ वर्षमुनिको विश्वकप खेल्न पाउनेछ ।