विशाल मेमोरियल गाेल्डकपकाे पहिलो सेमिफाइनलमा संकटा विजयी

विजय कुशावहा / काठमाण्डौ, १३ वैशाख । वीरगञ्जमा जारी प्रथम विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा संकटा क्लबले नेपाल पुलिस कल्बलाई शून्यका विरुद्ध तीन गोलले पराजित गरेको छ ।

खेलको पहिलो हाफको १७ मिनेटमा र दोस्रो हाफको ५ मिनेटमा संकटाका जर्सी नम्बर १० का विदेशी खेलाडी मार्टिनले २ गोल गरी टिमलाई अग्रता दिलाएका थिए । त्यसैगरी दोस्रो हाफको ८ औं मिनेटमा संकटका जर्सी नम्बर ९ का राज पौडेलले थप १ गोल गरेपछि पुलिसले हार बेहोरेको हो ।

यता नेपाल पुलिसका जर्सी नम्बर १९ का खेलाडी बुद्ध लामाले संकटाका खेलाडीलाई दूर्व्यवहार गरेपछि पहिलो हाफको २३ मिनेटमा रातो कार्ड पाएर खेलबाट बाहिरिएका थिए । पुलिस क्लब १० खेलाडीमा सीमित भएपछि दबाबमा परेको थियो ।

आजको प्रतियोगिताको ‘म्यान अफ दि म्याच’ संकटाका गोल किपर विशाल श्रेष्ठ घोषित भए । उनलाई नगद ५ हजार सहित पुरस्कृत गरिएको पर्सा खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष निशान्त लामिछानेले बताए ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल भोलि जनजागृति युवा क्लब सिमरा र त्रिुभवन आर्मीबीच हुनेछ ।