September 21, 2017

काठमाण्डौ महानगर परिषदले गरेकाे कर बृद्धिकाे चेम्वरद्वारा विरोध

काठमाण्डाै, ४ साउन । काठमाण्डौ महानगरपालिकाको महानगर परिषदले बढाएको करको निजी क्षेत्रको छाता संगठन नेपाल चेम्वर अफ कमर्सले विरोध जनाएको छ ।

आर्थिक विधयेक २०७४ पारित गर्दै महानगरपालिकाले सवारीसाधनमा दोव्वर कर वढाएको छ । इन्जिनबाट चल्ने दुईपाँंग्रे मोटरसाइकल, स्कुटर वा त्यस्तै यस्तै सवारीसाधनको कर वढाएर वार्षिक चार सय रुपैयाँं पुयाएको छ । यसअघि वार्षिक दुई सय रुपैयाँं थियो । ‘काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७४।०७५ को अर्थ सम्वन्धी प्रस्तावलाई कार्यान्वयन गर्न कर, शुल्क, दस्तुर र जरिवाना संकलन गर्न, छुट दिन तथा अन्य आय संकलन गर्न भनी गरिएको कर बृद्धि  मान्य नहुने चेम्वरद्धारा बुधबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

गाउँं नगरपालिकाको उपाध्यक्ष वा उपप्रमुखको संयोजकत्वमा गठन हुने परामर्श समितिमा गाउँं नगरपालिकाको कार्यकारी अधिकृत, नेपाल चेम्वर अफ कमर्सका प्रतिनिधिलगायत सदस्य सदस्य रहेन व्यवस्था हुदम हुदै परामर्श समिति नै गठन नगरी मनोमानी रुपमा कर बृद्धि गरिएको चेम्वरको अराेप लगाएकाे छ ।

नेपाल चेम्वर अफ कमर्स लगायतका निजी क्षेत्रका प्रतिनिधि सहभागी गराई राजश्व परामर्श समितिलाइ पूर्णता दिएर मात्रै करको दर निर्धारण गर्न समेत अनुरोध गर्न समेत चेम्बरले आग्रह गरेको छ । साथै निजी क्षेत्रको यो मागको सुनुवाई नगरी जवरजस्ती महानगरपालिका अगाडि वढे सम्पूर्ण उद्योगी व्यवसायीहरु आन्दोलनमा उत्रनुको विकल्प नहुने पनि चेम्वरले बताएकाे छ ।