Breaking News

पर्साको बागवानाबाट ५० थान बन्दुकको गोली सहित २ पक्राउ

राम कुशवाहा/ वीरगंज ४ साउन । पर्साको बागवानाबाट ठुलो परिमाणको बन्दुकको गोली सहित पक्राउ परेका २ जनालाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि प्रहरीले हिजो साँझ पक्राउ परेका पर्सा गढी गाँउपालिका वडा नम्बर १ का ५५ वर्षिय क्षेत्री चौधरी र सोही स्थानका २१ वर्षिय रामकिसुन चौधरीलाइ सार्वजनिक गरेको हो ।

पर्साको मनवा र रंगपुर टाँडी बिचको सडकमा हिजो साँझ ना ४५ प ९११६ नम्बरको मोटरसाइलकमा सवार रहेका दुई जनाले बोकेको आलुको बोरा चेकजाँच गर्दा प्रहरीले बोरा भित्र १२ बोरको बन्दुकमा लाग्ने ५० थान गोली बरामद भएको थियो ।

मोटरसाइकलमा सवार दुबै जनाले शंकास्पद व्यवहार देखाएपछि प्रहरीले चेकजाँच गर्दा आलुको बोरा भित्र गोली रहेकाे  पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा क्षेत्री र रामकिसुन गाँजा र काठ तस्करीमा संलग्न गिरोह रहेको र उनीहरुले गाँजा र काठ तस्करीमै प्रयोग गर्नका लागि भारतबाट गोली लिएर आएको तथ्य खुलेको प्रहरीको दावी छ ।

shares