October 23, 2017

सुरक्षालाई मध्यनजर गर्दै कश्मीरमा सामाजिक सञ्जालमा प्रतिबन्ध

काठमाण्डौ, १३ वैशाख । भारतको प्रशासित क्षेत्र कश्मीरमा बुधबारबाट सुरक्षाको स्थितिलाई मध्यनजर गर्दै १६ वटा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएको छ । प्रतिबन्ध लगाइएका सामाजिक सञ्जालहरुमा फेसबुक, ट्विटर, व्हाट्सऐप र गुगलप्लस पनि सामेल छन् ।

कश्मीर सरकारको गृह विभागले आफ्नो आदेशमा भन्यो, ‘जनहितका लागि जारी गरिएको सूचनाले गर्दा अब कश्मीरमा यी वेवसाइटहरु खुल्ने छैनन् र अर्काे आदेशसम्मका लागि यो प्रतिबन्ध एक महिनासम्म हुनेछ ।’ यो आदेश बेलायत भारतको कानून ‘इन्डियन टेलिग्राफ एक्ट १८८५’ बाट लिइएको हो ।

यो महिनाको सुरुवातमा नै उपचुनावको दौरानमा भएको हिंसा पछि कश्मीरले निकै अशान्तिको वातावरणको सामना गर्नुपरेको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएको भड्काउने खालका विचारले गर्दा नै प्रतिबन्ध लगाउन परेको एक वरिष्ठ पुलिस अधिकारीले बताए ।