September 25, 2017

हुलाकी राजमार्ग बनाउन भारतले दियो २४ करोड रुपैया

काठमाण्डौ, ४ साउन । हुलाकी राजमार्गअन्तर्गतको १० वटा सडक निर्माणका लागी भारतले नेपाल सरकारलाई करिब २४ करोड रुपैया  उपलव्ध गराएको छ ।

बधुबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागी भारतीय राजदूत मन्जिवसिंह पुरीले मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई कुल बजेटको २५ प्रतिशत रकमको चेक हस्तान्तरण गरे ।

यसअघि नेपाल र भारत सरकारबीच हुलाकी राजमार्गअन्तर्गतको १० वटा सडक निर्माण भारत सरकारले गर्ने सम्झौता भएको थियो । कुल बजेटको  १४ करोड ८३ लाख ६७ हजार ९ सय ७८ भारतीय रुपैयाँ अग्रिम नेपाललाई प्रदान गरेको हो ।

कार्यक्रममा सचिव कार्कीले तोकिएको समयमा नै सडक निर्माण गर्नका लागी भारतीय सहयोग महत्वपूर्ण हुने बताए ।  त्यस्तै नेपालका लागी भारतीय राजदूत पुरीले नेपालको विकासमा भारतको सहयोग जारी रहने बताए ।