September 25, 2017

तीस किलो चरेससहित सात जना पक्राउ

उमेश दुवे / हेटौडा ४ साउन । हेटौडाको रोशन लजबाट तीस किलो चरेससहित सात व्यक्ति पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीको विभिन्न इकाइको संयुक्त टोलीले अाज उक्त परिमाणमा चरेस बरामद गरेको हो । चरेससँगै पक्राउ पर्ने सात मध्ये चार जना भारतीय रहेको मध्य क्षेत्रीय सशस्त्र प्रहरी कार्यालय पथलैयाले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा रौतहटकी कालमा खातुन, मकवानपुर थाहा नगरपालिकाका विक्रम स्याङतेन, हिरा स्याङतेन छन भने भारतका सुरज पटेल, निर्भय सिंह, मुकेश सर्राफ, कलावती देवी साह रहेका छन् ।

चरेस ओसारपसारमा प्रयोग भएको एक भारतीय नम्बर प्लेटको मारुती कार पनि प्रहरीले जपत गरेको छ । थप कारबाहीका लागि सशस्त्र प्रहरीेले उनीहरुलाई नेपाल प्रहरीको जिम्मा लगाएको छ ।