पूर्वराजा ज्ञानेन्द्र अस्पताल भर्ना

काठमाण्डौ, ४ साउन । स्वास्थ्यमा समस्या देखिएपछि पूर्व राजा ज्ञानेन्द्र शाह नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

नियमित जाँचको क्रममा बुधबार अस्पताल पुगेका शाहलाई मुटुको धमनीमा केही समस्‍या देखिएपछि भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ । शाहको सुरुमा एनजीओग्राफी गर्ने र आवश्यक परे एनजीओप्लाष्टी गर्ने तयारी छ ।

अस्पताल स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रलाई ठूलो स्वास्थ्य समस्या नभएकाे जानकारी अाएकाे छ । नियमित जाँचको क्रममा मुटुमा थोरै समस्या देखिएपछि भर्ना गरेरै उपचार गर्न लागिएको हो ।