विद्युत प्रधिकरणका कर्मचारी घुस लिदै गर्दा र‌ंगे हात पक्राउ

सर्लाही, ३ साउन । नेपाल विद्युत प्रधिकरण बरहथवा उपशाखाका कर्मचारी धमेन्द्र यादवलार्इ घुस रकम लिदै गरेकाे अवस्थामा अख्तियारले र‌ंगे हात पक्राउ गरेको छ ।

थ्रीफेज बिजुलीको मिटर जडान गरिदिने भन्दै सेवाग्राहीसँग २५ हजार घुस लिँदालिँदै अख्तियारको सम्पर्क कार्यालय बर्दिवासको टोलीले कार्यकक्षबाट पक्राउ गरेको हो । विद्युत प्रधिकरण बरहथवा उपशाखाका कर्मचारीहरुले विद्युतको मिटर जडान गर्दा ग्रहकसँग २ हजारदेखि २५ सय रुपैयाँसम्म खुलेआम घुस लिने गरेको उपभोक्ताले गुनासो गरेका छन्।

उनीहरुले बिजुलीको ट्रान्सफार्मर बिग्रदाँ च्यानल मिलाएर लाखौ रुपैयाँको घुस लिने गरेको समेत उपभोक्ताले बताएका छन्। यादबलार्इ थप अनुसन्धानका लागि अख्तियारको सम्पर्क कार्यालय बर्दिवास लगिएको छ ।