July 26, 2017

स्थानीय तहका कार्यालयबाट मतदाता नामावली नाम दर्ता गर्न सकिने

काठमाण्डौ,३ साउन । निर्वाचन आयोगको मंगलबार बसेको बैठकले स्थानीय तहका कार्यालयबाट पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने व्यवस्था गरेकाे छ ।

साउन १६ देखि ३२ गतेसम्म सवै स्थानीय तहका कार्यालयबाट मतदाता नामावली संकलन गर्न पाउने ब्यवस्था गरेको हो । आयोगको बैठकले अहिले नामावली संकलन भइरहेका सवै जिल्ला निर्वाचन कार्यालयमा नामावली संकलन जारी राख्दै सरकारले चुनावको मिति तोकेको दिनसम्म नामावली संकलनलाई निरन्तरता दिने निर्णय पनि गरेको आयोगका प्रवक्ता  सूर्यप्रसाद शर्माले जानकारी दिए ।

सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमै नामावली संकलनका लागि जानुपर्ने नियममा सुधार गर्दै आयोगले जुनसुकै निर्वाचन कार्यालयबाट पनि नामावली संकलन गर्न पाउने ब्यवस्था पनि गरेको छ । सरकारकाले चुनावको मिति घोषणा गरेकै दिनदेखि मतदाता नामावली संकलन बन्द गर्ने र मिति घोषणा भएपनि दावी बिरोध लगायतका काम अघि बढाउने निर्णय भएको आयोगका प्रवक्ता शर्माले जानकारी दिए ।  आफुलाई पायक पर्ने जिल्ला निर्वाचन कार्यालयबाट सरकारले प्रदेश र प्रतिनिधिसभाको चुनावको मिति नतोकेसम्म नामावली संकलन गर्न पाइने भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *