September 25, 2017

बागमती अञ्चलका पेट्रोलियम व्यवसायी आन्दोलनमा

काठमाण्डौ, ३ साउन । विभिन्न माग राखेर आन्दोलनको चेतावनी दिइरहेका पेट्रोलियम व्यवसायीहरुले मंगलबारबाट नेपाल आयल निगमसँग पेट्रोलियम पदार्थ उठाउन छोडेका छन् ।
बागमती पेट्रोलियम डिलर्स एसोसिएसनले मंगलबार पत्रकार सम्मेलन गर्दे यसअघि आफुहरुसंग गरिएको सहमति कार्यान्वयन नभएको भन्दै आन्दोलनस्वरुप पेट्रोलियम पदार्थ उठाउन छोडेको बताएका हुन् ।

पछिल्लो समय सरकारसँग विभिन्न माग राखेर व्यवसायीहरुले आन्दोलन गर्ने चेतावनी दिँदै आएका थिए । असार मसान्तभित्रमा नेपाल आयल निगमले माग पूरा गर्ने भनेपछि आन्दोलन स्थगन गरेका व्यवसायीसँग निगमको कुरा मिल्न नसकेपछि आजदेखि व्यवसायीले आन्दोलन सुरु गरेका हुन् ।

बागमती पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष अच्युत खड्काले ४ हजार लिटर पेट्रोल ढुवानी गर्दा ९९ सय लिटर प्रविधिक नोक्सानी हुने गरेको बताउनुभयो । हाल निगमले उक्त परिमाणका लागि ३५ लिटरको मात्र क्षतिपूर्ति दिँदै आएको छ ।

व्यवसायीहरुले क्षतिपूर्ति कम भएको भन्दै बढाउनुपर्ने माग गएको ७ महिनाघिदेखि गर्दै आएको अध्यक्ष खड्काले जानकारी दिए । डिलरहरुले हप्तादिन अघिमात्र निगमसँग वार्ता सफल हुन नसके साउन १ गतेदेखि आन्दोलन गर्ने चेतावनी दिएका थिए ।