नेपालसँग मलेसिया ५ विकेटले पराजित, सन्दिपले लिए ५ विकेट

काठमाण्डौ,३ साउन । उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेकाे छ ।

सिंगापुर क्रिकेट क्लब, पादाङमा टस जितेको फिल्डिङ रोज्यकाे नेपालले  ५९ रनको लक्ष्य  ९ ओभर ५ बलमा ५ विकेट जाँदा पूरा गरेको गरेको हो । पहिले ब्याटिङ गरेको मलेसियाले सबै विकेट जाँदा २५ ओभर ५ बलमा ५८ रन बनाएको थियो । बलिङको तुलनामा नेपालको ब्याटिङ भने केही कमजोर देखियो । ८ बलमा ६ रन बनाउँदा सन्दिप सुनार र ६ बलमा ५ रन बनाउँदा आदिल खान आउट भएका छन् ।

२० बलमा २३ रन बनाउँदा आसिफ शेख आउट भए । उनले ५ चौका हाने । दिपेन्द्र सिंह ऐरी ५ बलमा ४ रन बनाउँदा आउट भए । अनिल शाह शून्यमै आउट भए । प्रनित थापा मगरले १२ बलमा १८ रन साथै रोहित कुमार पौडेलले ५ बलमा ४ रन बनाए । २ सय ४१ बल बाँकी छँदै नेपालले लक्ष्य पूरा गरेको हो ।

मलेसियाका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका किशोर महतोले पहिलो ओभरमा विकेट लिएका हुन् । उनले मोहम्मद आमिरलाई शून्यमै आउट गरे । दोस्रो विकेट सन्दीप लामिछानेले लिए । उनले सैफुल्लाह मल्लिकलाई ३० बलमा ८ रन बनाउँदा आउट गरे । पवन सर्राफले २ बलमा १ रन बनाएका सायद अजिज र नइम नाज्लेलाई शून्यमा आउट गरे । सन्दीप लामिछानेले ४२ बलमा ९ रन बनाएका विरनदीप सिंहलाई आउट गरे । ६ बलमा ७ रन बनाएका अमार हजलानलाई पवन सर्राफले आउट गरे ।

सन्दीप लामिछानेले  ४ बलमा २ रन बनाएका मोहम्मद अफिजलाई र ऐनुल हाक्किमलाई १६ बलमा ५ रन बनाउँदा आउट गरे । सोलिहिन रुसिललाई सन्दिप सुनारले शून्यमै आउट गरे ।  सन्दिप लामिछानेले २७ बलमा ९ रन बनाएका हैकल खैरलाई आउट गरे र आफ्नो पाँचौ विकेट लिए । पहिलो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले हराएको थियो । ७४ रनको लक्ष्य नेपालले १७ ओभर ३ बलमा ६ विकेट जाँदा पूरा गरेको थियो ।