October 23, 2017

सुर्खेतको ९ वटै तहमा एमालेेले उम्मेदवारको टुंगो लगायाे

रमेशकुमार पाण्डे /काठमाण्डौ, १३ वैशाख । नेकपा एमालेले सुर्खेतका ९ वटै स्थानीय तहमा प्रमुख र उपप्रमुख पदमा उम्मेदवारहरुको टुंगो लगाएको छ । सुर्खेतका ५ नगरपालिका र ४ गाउँपालिकामा गरी ९ वटै स्थानीय तहमा नेकपा एमालले आफ्ना उम्मेद्वारहरुको टुंगो लगाएको हो ।

एमालेले जिल्लाका सबै स्थानीय तहका प्रमुख पदमा पुरुषहरुलाई उम्मेदवार बनाएको छ । संविधानले प्रमुख वा उपप्रमुखमध्ये १ पद महिलालाई दिनुपर्ने व्यवस्था गरेका कारण सबै स्थानीय तहमा महिलाहरु उपप्रमुख पदको उम्मेदवार छन् ।

नेकपा एमालले सुर्खेतको चौकुने गाउँपालिकाको प्रमुखमा धिरबहादुर शाही र उपप्रमुखमा निर्मला आलेको नाम अघि सारेको छ । त्यसैगरी पंचपुरी नगरपालिकामा प्रमुखका लागि मनबहादुर विक, उपप्रमुखका लागि राजकुमारी तिवारी उम्मेदवार छन्। बराहताल गाउँपालिकाको प्रमुखमा ताराकेशर गौतम र उपप्रमुखमा आशा थापा उम्मेदवार छन् ।

सुर्खेतको सबैभन्दा पुरानो नगरपालिका वीरेन्द्रनगर नगरपालिकाको प्रमुख पदमा बालाराम शर्मा र उपप्रमुखमा मोहनमाया ढकाल उम्मेदवार छन्। लेकबेशी नगरपालिकामा प्रमुखका लागि गगनसिंह सुनार र उपप्रमुखका लागि शान्ती चपाई छन्तेललाई अघि सारेको छ ।

यस्तै, चिङ्गाड गाउँपालिकाको प्रमुखका लागि बखत बहादुर खत्री, भेरिगंगा नगरपालिकाको प्रमुखका लागि यज्ञप्रसाद ढकाल र भेरिगंगामा चन्द्रा आर्चायलाई अघि सारेको छ । यता सिम्ता गाउँपालिकाको प्रमुखमा कविन्द्रकुमार केसी र उपप्रमुखमा चन्द्रकला शाही उम्मेदवार छन् ।

यस्तै, गुर्भाकोट नगरपालिकामा प्रमुख पदमा देवबहादुर खत्री र उपप्रमुखमा शुशिला विक नेकपा एमालेको तर्फबाट चुनावी मैदानमा छन् । जिल्लाका ९९ वडाहरुमा पनि उम्मेद्वार छनौटको काम अन्तिम चरणमा पुगेको र केही दिन भित्रै उम्मेदवार छनाेट टुंगो लाग्ने नेकपा एमाले सुर्खेतले जनाएको छ ।