November 18, 2017

चीनलाई नदी बेसिन दिने माओवादी केन्द्रकाे प्रस्ताव

काठमाण्डौ,३ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले छिमेकी राष्ट्र चीनलाई आगामी १० वर्षभित्र निर्माण सम्पन्न गर्ने जलविद्युत उत्पादनका लागि एउटा नदी बेसिन दिने प्रस्ताव गरेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले सोमवार राजधानीमा सार्वजनिक गरेको जलस्रोत तथा उर्जासम्बन्धी नीति तथा कार्यक्रममा माओवादीले ५ हजार मेगावाट उत्पादन गर्ने गरी नदी बेसिन दिन प्रस्ताव गरेको छ । माओवादी जलस्रोत तथा उर्जा विभागले तयार पारेको कार्यक्रममा कुन नदी दिने भन्ने उल्लेख छैन ।

तर, २० अर्ब अमेरिकी डलर अर्थात २० खर्बभन्दा बढी ऋण चीन सरकारलगायतबाट लिने व्यबस्थाका लागि अनुरोध गर्ने वा चीन सरकारलाई एउटा सानो नदी बेसिन दिएर करिब ५ हजार मेगावाट विद्युत आगामी १० वर्षभित्र बनाउन निर्माण र हस्तान्तरण -बिटी नीति बनाई बनाउन दिने विषयमा ब्यापक छलफल गरी राष्ट्रिय रुपमा नै सहमति बनाउनु उपयुक्त हुने देखिएको उल्लेख छ । याे खबर कारोबार दैनिकमा छ ।