July 24, 2017

एएफसी च्याम्पियनसिप छनोटको दोस्रो खेलमा अाज नेपाल र उज्वेकिस्तान भिडदै

काठमाण्डाै, २ साउन । एएफसी अण्डर २३ च्याम्पियनसिप छनोटको दोस्रो खेलमा नेपालले उज्वेकिस्तानको सामना गर्दैछ ।

आज राती आठ बजेर दश मिनेटमा नेपालले युएइकोे ताहनोन मोहमद बिन रंगशालामा उज्वेकिस्तानसंग प्रतिष्पर्धा गर्नेछ । छनोट चरणको समुह डि मा रहेको नेपालले फिफा वरियतामा आफु भन्दा माथि ६५ औं स्थानको उज्वेकिस्तानस“ग प्रतिष्पर्धा गर्न लागेको हो । फिफा वरियतामा नेपाल एक सय ७० औं स्थानमा छ । एएफसी अण्डर २३ च्याम्पियनसिपमा छनोट हुन नेपालले अब हुने दुवै खेल जित्नै पर्ने दवावमा छ ।

मुख्य प्रशिक्षक राजुकाजी शाक्यले युएई विरुद्ध खेलेको टीममा केहि परिवर्तन गरेका छन् । प्रशिक्षक शाक्यले युएई विरुद्ध वैकल्पिक खेलाडीको रुपमा रहेका तीन जना खेलाडीलाई पहिलो एघारमा समावेश गरेका छन् । डिफेण्डर अमित तामाङको स्थानमा कमल श्रेष्ठ तथा मिडफिल्डरद्वय हेमन्त थापा मगर र सुनिल बालको स्थानमा पुजन उपरकोटी र विश्वा श्रेष्ठलाई पहिलो रोजाईमा राखिएको छ ।

यसअघिको खेलमा नेपाल आयोजक टोली युएइसंग पाँच-शुन्य गोलको फराकिलो अन्तरले पराजित भएको थियो । हिजोको खेल पछि समुह डि को अंक तालिकामा नेपाल पुछारमा रहेको छ । छनोट चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा चार गते नेपालले लेवनानको सामना गर्नेछ । ४० राष्ट्र सम्मिलित छनोट चरणका प्रत्येक समुहका विजेता र पा“च उत्कृष्ट उपविजेता टोली अर्को वर्ष चीनमा हुने एएफसी अण्डर २३ च्याम्पियनसिपमा छनोट हुनेछन् ।

आयोजक चीन छनोट चरणमा विजयी भएमा दोस्रो हुने उत्कृष्ट छैटौं टोली प्रतियोगिताका लागि छनोट हुनेछ । स्विस खेलाडी रोजर फेडररले विम्बल्डन टेनिसको पुरुष एकलतर्फको उपाधि आठौं पटक जितेका छन् । तेस्रो वरियताका स्विस खेलाडी फेडररले सातौं वरियताका क्रोशियाली मारिन चिलिकलाई पराजित गर्दै उपाधि चुमेका हुन् ।

आफ्नो आठौं बिम्वल्डन उपाधि जित्ने क्रममा फेडररले चिलिकलाई ६–३, ६–१ र ६–४ को सोझो सेटमा पराजित गर्न एक घण्टा ४१ मिनेट खर्चिए । यससंगै ३५ वर्षीय फेडररले आठ पटक बिम्वल्डन टेनिसको उपाधि जित्ने पहिलो पुरुष खेलाडीको कीर्तिमान समेत बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *