October 24, 2017

सार्वजनिक गाडीमा महिलामाथि दुर्व्यवहार गर्ने तीन जना पक्राउ

काठमाडौ,२ साउन । सार्वजनिक गाडीमा महिलामाथि दुर्व्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग बलम्बुले गाडीभित्र महिलालाई दुर्व्यवहार गरेको भन्दै सोमबार गुर्जधारा–थानकोट–कलंकी रुटमा चल्ने गाडीबाट तीनजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा दाङको घोराही घर भई काठमाडौं बनस्थली बस्ने निरज रोक्का मगर,  वनराज रोक्का मगर साथै पर्वत कुश्मा घर भई काठमाडौं बस्ने शेरमान गुरुङ रहेका छन् । उनीहरु माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।