November 19, 2017

नवनियुक्त प्रधानन्यायाधीश पराजुलीले अाज सपथ ग्रहण गर्ने

काठमाडौं, २ साउन । नवनियुक्त प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले अाज पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नियुक्तिसँगै उनले पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालय शितलनिवासमा हुने कार्यक्रममा सपथपछि पराजुलीले सोमबार नै सर्वोच्च अदालतमा पदवहाली गर्ने छ । संसदीय सुनुवाईका क्रममा पराजुलीले आइतबार न्याय क्षेत्र सुधारका लागि ३९ बुँदे कार्यायोजना प्रस्तुत गर्दै न्यायालयलाई निष्पक्ष र छिटो कार्यसम्पादन गर्ने थलोका रुपमा विकास गर्ने बताएका थियो ।

त्यसअघि कानून ब्यवसायी रहेका पराजुली २०४७ सालमा पुनरावेदनको अस्थायी न्यायाधीशका रुपमा न्याय सेवामा प्रवेश गर्नुभएको हो । उनकाे पदावदी आउदो वैशाख १५ गते सकिने भएकाले प्रधानन्यायाधीशबाट स्वतह अवकास हुने छन् ।