September 26, 2017

स्थानीय तहमा पुग्यो ७५ अर्ब बजेट

काठमाण्डाै, २ साउन । अर्थ मन्त्रालयले स्थानीय तहका लागि विनियोजन गरेको बजेटमध्ये ७५ अर्ब रुपैयाँ सम्बन्धित तहमा पुगेको छ ।

आइतबार महालेखा नियन्त्रकको कार्यालयले जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई स्थानीय तहको सञ्चित कोषमा रकम हस्तान्तरण गर्न निर्देशन दिएको अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख केवलप्रसाद भण्डारीले बताए ।

‘स्थानीय तहलाई निशर्त र सशर्त अनुदानबापत छुट्याइएको २ खर्ब रुपैयाँ सम्बन्धित स्थानीय तहमा दिने निर्देशन गएको छ,’ उनले भने, ‘अधिकांश स्थानीय तहको सञ्चित कोषमा आजै रकम जम्मा भइसक्यो, यदि भइसकेको रहेनछ भने पनि एक/दुई दिनमै जम्मा भइसक्छ ।

‘ नेपालमा ७ सय  ४४ स्थानीय तह छन् । ती स्थानीय तहको खाता यसअघि नै खुलेर केही अनुदान रकमसमेत हस्तान्तरण भइसकेकाले अहिले अनुदान पठाउन समस्या नभएको भण्डारीले बताए । याे खबर नयाँ पत्रिका दैनिकमा छ ।