October 19, 2017

मातातीर्थ औंशीको अवसर पारेर राजविराजमा २१ ज्येष्ठ नागरिक सम्मानित

दिनेश शर्मा / राजविराज, १३ वैशाख । मातातीर्थ औंशीको दिन पारेर राजविराजमा मारवाडी महिला मञ्च राजविराजले २१ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरुहरुलाई उच्च अदालत जनकपुर राजविराज इजलासकी न्यायाधिश वविता उप्रेतीले दोसल्ला ओढाएर सम्मान गरेकी हुन् । सम्मानपछि वृद्धवृद्धाहरुले आयोजकप्रति कृतज्ञता व्यक्त गर्दै हरेक घरमा वृद्धवृद्धाहरु प्रति भइरहेको दूर्व्यवहार र अपमान न्यूनीकरणका लागि यस्ता कार्यक्रम अनुकरणीय हुने प्रतिक्रिया दिएका थिए ।

‘हमारी संस्कृति हमारी धरोहर’ भन्ने नाराका साथ आयोजित सम्मान कार्यक्रममा जेष्ठ नागरिकलाई घर, समाज र राष्ट्रबाटै सम्मानजनक व्यवहार गरिनुपर्नेमा जोड दिइएको थियो ।