September 25, 2017

भक्तपुरको डोलेश्वरमा श्रावणी मेला सुरु

भक्तपुर, १ साउन । केदारनाथको शिर डोलेश्वर मन्दिरमा आजबाट श्रावणी मेला सुरु भएको छ । आज विहान गरिएको कलशयात्रापछि मन्दिर परिसरमा आयोजित एक कार्यक्रमकाबीच श्रावणी मेलाको औपचारिक उद्घाटन भएको हो ।

सूर्यबिनायक नगरपालिका वडा नं. ८ मा अवस्थित मन्दिरमा आजदेखि सञ्चालन भएको मेला भाद्र ६ गतेसम्म नियमित रुपमा चल्ने केदारनाथको शिर डोलेश्वर महादेब संरक्षण तथा विकास समितिका सचिव तथा प्रचार प्रसार समितिका संयोजक मोहन बल्लले जानकारी दिए ।

मेला उदघाटन कार्यक्रममा पुर्वमन्त्री महेश बस्नेत, सुर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, स्वामी चुडामणि महाराजलगायतको सहभागीता रहेको थियो ।