July 26, 2017

ललितपुरको महाङ्काल गाउँपालिकाकाे २०७४/०७५ को वार्षिक करिब २० करोड

ललितपुर,१ साउन । महाङ्काल गाउँपालिकाले अागामि अार्थिक  बर्ष २०७४/०७५ को वार्षिक नीति, कार्यक्रममा  कुल  १९ करोड ३३ लाख २१ हजार रुपैयाँको बजेट पेस गरेको छ ।

गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले एक कार्यक्रमकाबीच १९ करोड ३३ लाख २१ रुपैया बराबरको प्रस्तावित बजेट प्रस्तुत गरेका हुन । बजेटमा चालु खर्च २ करोड ५० लाख, सशर्त तर्फ विषयगत कार्यालयको लागि खर्च ८ करोड ७८ लाख २१ हजार, गाउँपालिकास्तरीय कार्यक्रमको लागि ३ करोड ३७ लाख र ६ वटा वडाको लागि प्रति वडा ७८ लाखको दरले ४ करोड ६८ लाख विनियोजन गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि सांसद उदय शमसेर राणाले फरक राजनीतिक दल र आस्थाका प्रतिनिधि चुनिएर आएको भएतापनि विकासका मुद्दामा सबै एक ठाउँमा उभिनु पर्ने सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *