September 25, 2017

चुडामणि शर्मा सहित तीन जना विरुद्द १० अर्ब २ करोडको भ्रष्टाचार मुद्दा दायर

काठमाण्डौ, १ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  कर निर्धारणमा अनियमितता गरेको आरोपमा आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले आइतबार शर्मासहित कर फर्स्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । कर फ्छ्र्यौट आयोगले बक्यौता कर छुट दिँदा सही नियतले काम गरेको नदेखिएको भन्दै अख्तियालर छुट दिएको रकम भ्रष्टाचार भएको ठहर गरेको छ ।

कर फर्योट आयोगमाफर्त झण्डै २१ अर्ब रुपैयाँ राजश्व मिनाहा दिइएको भन्दै अख्तियारले गत जेठ १९ गते  चुडामणि शर्मालाई पक्राउ गरेको थियो ।

अख्तियारले विस्तृत छानविन थाले देखि नै आयोगका अध्यक्ष महत र सदस्य ढकाल फरार छन् भने सदस्य सचिवसमेत रहेका चूडामणि शर्मा अख्तियारकै हिरासतमा छन् ।