July 26, 2017

संसदकाे म्याद थप्ने हल्ला निराधार : विमलेन्द्र निधि

काठमाडौं १ साउन । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संसदको म्याद एक बर्ष थप गर्ने हल्ला निराधार भएको बताएका छन ।

काठमाडौंको सतुंगलमा रहेको बागेश्वरी अस्पतालको दशौं बार्षिकोत्सवको उद्घाटन गर्दै नेता निधिले बर्तमान सत्तागठबन्धनका मुख्य दुई घटक कांग्रेस र माओवादी केन्द्र म्याद थप्ने पक्षमा नभएको उनको भनाई थियो ।

कांग्रेस नेता निधिले निर्वाचन क्षेत्र निर्धारण आयोग छिट्टै गठन हुने जानकारी दिए । सोही आयोगले दिएको रिपोर्टका आधारमा मंसीर मसान्तभित्र प्रदेश र संघीय संसदको निर्वाचन हुने  बताए ।
मुख्य बिपक्षी दल एमालेले साथ नदिएका कारण संविधान संशोधन प्रकृया अघि बढ्न नसकेको बताउँदै नेता निधिले भने “संविधान संशोधनमा साथ नदिनुलाई एमालेले संघीयता चाहेकाे छैन भन्ने बुझिन्छ।”

संशोधनका पक्षमा दुई तिहाई नपुग्ने भएपछि तत्कालका लागि संशोधन प्रकृया स्थगित गरिएको बताउँदै निधिले भने “संशोधन पास नभए पनि मतदान प्रकृयामा जान राजपाका नेताहरु इच्छुक छन । कांग्रेस पनि प्रक्रिया बढाउन तयार छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *