October 20, 2017

दुई चरणमा निर्वाचन गर्ने सरकारको निर्णयप्रति एमालेकाे ध्यानाकर्षण

काठमाण्डौ, १३ वैशाख । दुई चरणको निर्वाचन गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ्सहितको टोलीले बुधबार निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्दै जेष्ठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने निर्णयप्रति आपत्ति जनाएको हो । जेष्ठ १५ गते बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्थालाई लत्याउँदै दोश्रो चरणको निर्वाचन गर्न लागिएको एमालेको आरोप छ ।

त्यस्तै निर्वाचनको मर्यादा र स्वच्छतालाई कायम गर्दै निर्वाचनलाई सफल पार्ने निर्वाचन आयोगको दायित्व भएको भएको भन्दै एमालेले दुवै चरणको निर्वाचन सम्पन्न भएपछि मात्र मत गणना सुरु गर्न समेत आयोगलाई सुझाव दिएको छ ।

दुई चरणको निर्वाचनको मिति तोकिँदा आयोगले आफूहरुसँग कुनै छलफल नै नगरेको एमालेकाे गुनासो छ । छलफलमा आयोगका पदाधिकारीले दोश्रो चरणको निर्वाचन अघि बजेट आउने बिषयमा सरकारसँग छलफल गरिरहेको जनाएको छ ।