September 25, 2017

रामेछापमा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु, ४ जना बेपत्ता

रामेछाप, १ साउन । रामेछापको लिखु गाउ“ पालिका वडा नम्बर ६ मा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ । ४ जना बेपत्ता भएका छन् ।

गएराति भीषण वर्षापछि आएको बाढीले  कुमार खत्रिको घर बगाएको हो । पहिरोमा पूरिएर खत्रिकी ७५ बर्षीय आमाको निधन भएको छ ।  परिवारका अन्य सदस्यले भने भागेर ज्यान जोगाउन सफल भएका छन् । घर छेउमै टहरो बनाएर बसेका ३५ बर्षीय अशोक तामाङ र उनकी दुई छोरी बेपत्ता भएका छन् । यस्तै, इन्द्रबहादुर खत्रिकी श्रीमति मैया खत्रि र बासु अधिकारी पनि पहिरोमा परी बेपत्ता भएका प्रहरीले जनाएकाे छ ।

उद्धारका लागि प्रहरी नायव उपरीक्षक कुमोद ढुंगेल नेतृत्वको टोली घटनास्थल पुगेको छ । अहिले प्रहरी, नेपाली सेना र स्थानीयले हराइरहेकाको खोजी र उद्धार गरिरहेका छन् । बाढीले पुर्याएको नोक्सानीको थप विवरण आउन बाँकी छ ।