November 19, 2017

१० लाखभन्दा बढीको कारोबार नगदमा गरे जफत

काठमाण्डौ, १ साउन । तपाईं कुनै ठूलो आर्थिक कारोबार गर्दै हुनुहुन्छ? यदि हुनुहुन्छ, भने आजदेखि नगदमा गर्न पाइँदैन! १० लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोबार गर्दै हुनुहुन्छ भने नगदमा नगर्नुस् ।

नगदमा कारोबार गरेको भेटिए तपाईंलाई सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन २०६४ अनुसार कारबाही हुनसक्छ । ‘१० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्नुछ भने बैंकिङ प्रणालीबाटै गर्नुपर्ने व्यवस्था गरेका छौं,’ सम्पत्ति शुद्धीकरण विभागका एक अधिकारीले भने, ‘मन्त्रालय र राष्ट्र बैंकले छलफल गरी यसबारे राजपत्रमा सूचना प्रकाशित गरी कानुनसरह बनाइसकेकाले अब यसविरुद्ध गए कारबाही हुनेछ ।’ कारोबार गरेको भेटिएमा उक्त रकम जफत गरी बिगो बराबरको जरिवाना हुनेछ । याे खबर कान्तिपुर दैनिकमा छ ।