महिलाहरुको अार्थिक सशक्तिकरणकालागि प्रवासी नेपालीद्वारा ६ थान सिलाई मेसिन प्रदान

काठमाडौं, ३१ असार । अमेरिकास्थित मदरल्याण्ड नेपाल नामक संस्थाका अध्यक्ष अनिल पाण्डेले  श्री पशुपतिनाथ नित्य आरती परिवारलाई ६ थान सिलाई मेसिन र ५० हजार रुपैया प्रदान गरेका छन ।

महिलाहरुकाे अार्थिक सशक्तिकरणमा सहयोग पुर्याउने उद्देश्यले सहयोग स्वरुप सिलाई मेसिन र ५0 हजार रुपैया प्रदान गरिएकाे पाण्डेले बताएका छन ।

श्री पशुपतिनाथ नित्य आरती परिवार संस्थाको २२ औं साधारण सभाको अवसरमा शनिवार काठमाडौंमा  संस्थाकी अध्यक्ष उर्मिला बस्नेतलाई  उक्त सहयोग हस्तान्तरण गरिएकाे थियो ।