August 18, 2017

शेरबहादुर लाई दवाव दिन पौडेल पक्ष छलफलमा

काठमाडौं, ३१ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी  गरिरहेका बेला काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि छलफललाई तिब्रता दिएका छन ।
आफ्नो पक्षबाट सरकारका पठाउने व्यक्ति चयनका लागी पौडेलले आफ्नो सम्पर्क कार्यालय अनामनगरमा आफु निकट नेताहरुसंग छलफल बैठक डाकेका हुन ।

पौडेल पक्षबाट मन्त्री बन्नेमा बलबहादुर केसी, रामकृष्ण यादव, राजन केसी, बद्री पाण्डे, सरिता प्रसाईंसहितको नाम चर्चामा छ । यद्दपी उक्त नामका बिषयमा अन्तिम टुङ्गो भने नलागेको पौडेल निकट एक नेताले जनाएका छन् ।

काग्रेस सभापति समेत रहेका देउवाले भने आफू निकटका वीरबहादुर बलायर, भीष्म आङदम्बे, ललितजंग शाही, अम्बिका बस्नेतमध्येबाट मन्त्री बनाउने तयारी गरेकाे चर्चा छ ।

कृष्णप्रसाद सिटौला पक्षबाट भीमसेनदास प्रधान र खुमबहादुर खड्का निकटका मोहन बस्नेतलाई मन्त्री बनाउने चर्चा छ । अबको विस्तारमा १७ या १८ जनासम्म मन्त्री थपिने सम्भावना रहेको बताईएको छ ।